निर्माणकार्य राति आठ बजेपछिमात्रै गर्नू – महानगर

8

काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण तथा मर्मत गर्दा व्यवस्थित र सुरक्षित तवरले गर्न आग्रह गरेको छ।

महानगरले सोमबार एक सुचना जारी गर्दै पूर्वाधार निर्माण तथा मर्मत कार्य गर्दा सामाग्री जथाभावी थुपारिए महानगरले जुनसुकैबेला उठाएर लानसक्ने जनाएको छ ।

सडकपेटी क्षेत्रमा निर्माण सामग्री खसाली सडक अवरोध वा सडकपेटीमा धूलो पोहोर राख्न वा छोड्न नपाइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ।

कुनै पनि सार्वजनिक निकायले सडक पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा त्यस्तो क्षेत्रमा निर्माणस्थल संकेतसहित छेकबार लगाउन महानगरको निर्देशन छ।

सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य सकेसमम रातिको ८ बजेपछि मात्र गर्न/गराउन प्रबन्ध मिलाउन आग्रह गरेको हो।

निर्माणस्थलमा घेरावार नलगाई वा संकेत क्षेत्र निर्धारण नगरी राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै समय जफत गर्न सक्नेछ।

Capture1681695102 (1)1681699660.jpg

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू