नीति तथा कार्यक्रम पास गर्न एमालेले लगायो ह्विप

76

काठमाडौं – नेकपा (एमाले) ले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेका हुन्।

‘आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई २०८२ वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न हुन ह्विप जारी गरिएको छ,’ उनले जारी गरेको सूचनामा उल्लेख छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जसमाथि संसद्को दुवै सदनमा छलफल चलिरहेको छ । यही वैशाख २८ गते प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

समाचार वर्गहरू