काठमाडौं – पासाङल्हामु सडकमार्गअन्तर्गत नुवाकोटको भैंसेमा शनिबार बस दुर्घटना भएको छ। विदुर नगरपालिका–१० भैंसेमा दुई वटा बस ठोकिँदा २० जना यात्रु घाइते भएका छन्।
घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रहरीका अनुसार घाइतेको काठमाडौंको ग्रिनसिटी लगाएतका अस्पतालमा उपचार भइरहेको छ भने अन्यको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरिएको छ।
बा४ख ८८२ नम्बरको बस मोड्दै गर्दा सोही दिशा बेत्रावतीबाटै आएको अर्को बस प्रदेश ३०१००५ख९३५४ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको नुवाकोटका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए।