नेकपामा कुरा नमिल्दा प्रतिनिधिसभाको बैठक स्थगित

19

काठमाडौं – प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक पुस १६ गते सरेको छ । संसद सचिवालयले सूचना सार्वजनिक गर्दै बैठक आगामी १६ गतेसम्मका लागि बैठक सरेको जनाएको छ ।

आज शुक्रबार १ बजेका लागि बोलाइएको बैठकमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने कार्यसूची तय भएको थियो ।
सभामुख चयनको विषयमा नेकपाभित्र कुरा नमिल्दा बैठक स्थगित भएको हो ।

योसँगै प्रतिनिधि सभाको सभामुखको निर्वाचन प्रक्रिया लम्बिने निश्चित भएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू