(काठमाडौं) – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सातै प्रदेशमा रिक्त रहेको प्रदेश प्रमुखका लागि नाम सिफारिस गरेको छ ।
काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको सचिवालय बैठकले सातै जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
झापाका विष्णु प्रसाईं, सिराहाका धर्मनाथ यादव, काठमाडौंकी शर्मिला त्रिपाठी, चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार र डडेल्धुराका गोविन्द कलौनिको नाम सिफारिस गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
तत्कालीन सरकारले २१ महिना अघि नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर सत्तारूढ नेकपाले आफ्ना नेताहरुलाई नियुक्ती गर्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुखहरुलाई हटाएर आइतवार नै नयाँ प्रदेश प्रमुख बनाउन खोजेपनि सहमति जुट्न नसक्दा टुंगो लागेको थिएन। सोमवार बसेको नेकपा सचिवालयको वैठकले भने भागवण्डा मिलाएर नाम टुंगाएको हो।