सिन्धुपाल्चोक – कुनैपनि नयाँ कमिटी या समिति चयन गर्न सो दल वा सस्थाको प्रतिनिधि तथा सदस्यहरुको अनिवार्य सहभागीता हुनु पर्छ । तर यहाँ आफुलाई जनताको वफादार दल भन्ने तर व्यवहारमा तानाशाही लादेर आफु अनुकुल कमिटी चयन गरेर विजय उत्सव मनाउने दल हो नेकपा एमाले ।
नेकपा एमालेको भातृ संगठन होस या पत्ररकारको नाममा खुलेको भाषणमा श्रमजीवी पत्रकारको हकहितमा ठूलो हुँकार गर्ने तर नयाँ कमिटी वा समिति चयन गर्दा उम्मेदबार दिन्छुु भन्नेलाई उम्मेदबारी फारम नै नदिई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमतीको गुणगान गाएर पुस्तक प्रकाशन गर्नलाई एकलौटी रुपमा चौतारीको जिम्मेवारी दिने किन नहोस ।
त्यसले अहिले एमालेभित्र संस्कारकै रुपमा विकसित हुदै गएको छ । एमालेको भातृसंगठनका रुपमा रहेको प्रेस चौतारीको अबैध कमिटी छनौट अहिले जिल्लाजिल्लाको गाँउ कमिटी चयनमा समेत देखिन थालेको छ । केही दिन अघि यस्तै नौटकी देखियो सिन्धुपाल्चोकको एक गाउँ पालिकाभित्रको कमिटी चयनमा पनि । ढिला गरि प्राप्त विवरण अनुसार सिन्धुपाल्चोक जिल्लामा रहेको जुगल गाउँपालिकाभित्र गठन गरिएको एमाले गाउपालिका कमिटीको अधिबशेन भयो ।
अबिधेशनमा मुख्य अथितीका रुपमा गएका थिए संघिय सरकारको सूचना तथा सञ्चारमन्त्री पुथ्वीसुब्बा गुरुङ । एमालेको उपमहासचिब समेत रहेका गुरुङले गत चैत २७ गते सो गाँउपालिकाको अधिबेशनको उद्घाटन गरे । त्यहाँसम्म जान पनि सरकारी ढुकुटी नै खर्च गरेर दलको काम गरेर सम्मान खादै सो अधिवेशनको उद्घाटन गरे । उद्घाटन सकिएसंगै आयोजकले सवै प्रतिनिधिहरूलाई कार्यक्रम सकिएको भन्दै घर पठाए । उता प्रतिनिधिहरूलाई घरमा पठाएर सिधै अध्यक्ष मण्डलले कोठाभित्र केही व्यक्ती बसेर मनोनयनको सूचना निकाल्यो । तीनजनाको उम्मेदवारी परेपछि सहमतिबाट टुंग्याउने भन्दै अनिश्चितकालका लागि र सहमतिबाट नेतृत्व छान्ने भन्दै सूचना टाँसेर बन्द सत्र समेत स्थगित गरिएको थियो । अधिबेशननै स्थगीत गरेको ३ साताभन्दा बढी वितिसक्दा समेत सो गाँउपालिकामा नयाँ नेतृत्व छनौट हुने सकेन ।
बागमती इन्चार्ज राजन भट्टराईले गत चैत २८ गते उद्घाटन गरेको बाह्रबिसे नगरपालिकाको अधिवेशनमा पनि नयाँ कमिटी चयन गर्न सकेको छैन । सहमति गर्ने भन्दै बन्द सत्र नभई स्थगित गरिएकोमा हालसम्म कमिटी बन्ने अत्तोपत्तो नभएको एमाले स्थानीय नेताहरुको भनाई रहेको छ । बन्दसत्रबाट नेतृत्व चुन्ने अधिकारलाई समेत कुण्ठित गर्दै प्रतिस्पधार्मा निषेध गरेर केन्द्र र जिल्लाका नेताले हस्तक्षेप गरि आफु अनुकुल कमिटी बनाउन लागेको भन्दै जुगल गाउँ कमिटीमा अध्यक्षका प्रत्यासी उम्मेद्धवार बनेका जेपी सिलवालले आक्रोस समेत पोखेका छन् । गत माघ ४ गते उद्घाटन गरिएको हेलम्बु गाउँपालिकाको कमिटीमा समेत केन्द्र र जिल्लाको हस्तक्षेपपछि अधिवेशन उद्घाटन गरेको २ महिनापछि मात्र नयाँ नेतृत्व चयन भएको नौटकी गरेको आरोप सम्बन्धित एमाले स्थानीय नेताहरुले लगाएका छन् ।
केन्द्रको हस्तक्षेपबाटै गत वैशाख ४ गते अध्यक्षमा सरोज गजुरेललाई टिका लगाएर अध्यक्षमा छनोट गरेको घोषणा गरियो । जुन प्रकृया गर्दा प्रतिनिधिको अधिकार कुण्ठित गरेको भन्दै आलोचना समेत बढ्दै गएको छ । गजुरेलले सम्पर्क विभागबाट केहि महिनाअघि मात्र भूगोलमा सदस्यता सरुवा गरेर लगेका थिए। उनले सरुवा भएर आएपछिको कमिटीमा आवद्ध हुने विधानले तोकेको अवधि नै मिचेको समेत एमाले नेताले बताएका छन् । त्यस्तै लिसंखुपाखर गाउँपालिका कमिटीमा पनि सदस्यहरू सर्वसम्मत छानिएको २ महिनापछिमात्र जिल्ला र केन्द्रीय नेतृत्वको हस्तक्षेपबाट अध्यक्षलगायत पदाधिकारी छनोट गरेको थियो ।
यसैगरी, चौतारा साँगाचोकगढी नगर कमिटीमा समेत एक महिनापछि नेतृत्व छनोट गरेको छ । नेताहरूको हस्तक्षेपका कारण कमिटी चयन विलम्ब गराउने र पछि केन्द्रबाटै टिका लगाएर पठाउने गरेको समेत बताइएको छ । जुन एमालेका नेताको हर्कतकै कारण वडा कमिटीका अध्यक्षलगायतका जिम्मेवार र सक्रिय कार्यकर्ताले तेतृत्वको असक्षमताका कारण पार्टी नै छाड्नुपर्ने अवस्था आएको समेत बताउन थालेका छन् । नेताहरू राम्रो भन्दा पनि हाम्रो ल्याउने गरेकाले यो अवस्था आएको पीडित नेताहरुको भनाई रहेको छ । यसरी पालिकाका अधिवेशनमा जिल्ला र केन्द्रका नेता हावी हुँदा जिल्लामा जरा अभियान समेत ओझेलमा पर्दै गएको बताइएको छ ।
जसले गर्दा पार्टीका नेताहरूलाई कारबाहीको धम्की दिने, अपमान गर्नेलगायतका गतिविधिले गर्दा मिसन २०८४ मा सिन्धुपाल्चोकको अवस्था गम्भीर धक्का लाग्ने समेत अनुमान एमाले नेताहरुले नै गरेका छन् । सिन्धुपाल्चोक एमालेको अधिवेशन पनि एक वर्षअघिमात्रै सकिएको हो । अहिलेसम्म जिल्ला कमिटीले सचिवालय र कुनै विभाग बनाउन सकेको छैन । जसका कारण नेता–कार्यकर्ता जिम्मेवारीविहीन भएका छन् । चुनावमा हारेकालाई ‘जस्केला’ बाट मनोनीत गरेर सचिवालयमा आफ्नो पकड जमाउने ध्याउन्नमा एमालेका केही नेताहरुलागी परेको आरोप समेत रहेको छ ।
केन्द्रमा रहेर सिन्धुपाल्चोकमा आफ्नो पक्षको बहुमत बनाउने ध्याउननमा शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य दावा तामाङहरूबीचनै किचलो पर्दै गएको छ । सिन्धु एमालेको निर्णयमा केन्द्रीय सदस्यहरू सरेश नेपाल, सुवास कर्माचार्य, जिल्ला अध्यक्ष होमनारयण श्रेष्ठ, बागमती सदस्य अशोक चौलागाई, हस्त पण्डित, बालकृष्ण देउजा हावी हुदै गएकाले एमालेका कार्यकर्ताहरुमा भने निराशा छाउदै गएको बताइर्एको छ । उता केपी ओली निकट जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ अधिवेशनहरूमा नेतृत्व चयनमा प्रतिस्पर्धामा नरोकेको बताउन भने लजाउदैननर ।
उनले प्रक्रियागत रूपमा नेतृत्व चयन गरेको र सो चयन नमुना रहेको समेतभन्न लजाएनन् । उता बाह्रबिसेमा पनि आवश्यक छलफलपछि आयोजक कमिटीले प्रतिनिधि बोलाएरै नेतृत्व चयन गर्ने समेत ओली निकट नेताहरुको जिकिर रहेको छ । यसरी दलको विधानलाई समेत लत्याउदै एक लौटी रुपमा नयाँ कमिटी चयन गर्दा कार्यकतामा भने नराम्रो चोट लाग्न समेत गएको गुनासो गरेका छन् ।
एकातिर लोकतान्त्रिक गणतन्त्रको सिस्टममा दल सञ्चालन गर्ने पार्टी भएको दाबी गर्दै आएको एमालेभित्र यसरी व्यक्तीबादी राजनीतिका कारण सिन्धुपाल्चोकमा एमालेलाई आउने चुनाबमा नराम्रो धक्का लाग्ने समेत अनुमान एमालेकै नेताहरुले गरेका छन् । त्यसैले अहिले भन्न थालिकाएको छ सिन्धु एमालेमा ‘न इलेक्सन न त सेलेक्सन’, पालिका अधिवेशन उद्घाटन भए, नेतृत्व चयन केन्द्रीय नेताकै खल्तीमा तयारी सूची बोकेर आई घोषणा गरिने प्रचलन चलाएको समेत बताउनु थालिएको छ ।