काठमाडौं – नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।
काठमाडौमा सुरु भएको सो पार्टीको केन्द्रिय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले पेश गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।
अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा देशलाई सहमतिको मार्गमा डोहोर्याउने वा नडोहोर्याउने जिम्मा माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहालको हातमा पुगेको उल्लेख गरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु गठबन्धन टुट्नुको कारण रहेको समेत उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।
अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने क्रम जारी छ ।