नेकपा एस ले सातै प्रदेशमा अनुगमन टोली पठाउने , को–को कहाँ जाँदै ?

10

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेशमा अनुगमन टोली पठाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यलय नयाँ बानेश्वरमा बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सातै प्रदेशमा संगठनात्मक अवस्थाबारे अनुगमन गर्न टोली खटाउने निर्णय गरेको हो ।

बैठकले प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, वाग्मती प्रदेशमा डा. गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राईलाई पठाउने निर्णय गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा डा. विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव डा. बेदुराम भुसाल र सुदूरपश्चिममा रामचन्द्र झालाई पठाउने निर्णय गरेको प्रवत्ता एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार स्थानीय तहमा संगठनको अवस्था, स्थानीय नेताको रिर्पोटिङ, चुनावका लागि आवश्यक तयारी सम्बन्धमा स्थलगत अध्ययन गरी केन्द्रमा जानकारी गराइने छ ।

समाचार वर्गहरू