नेपालको श्रीलंकामाथि शानदार जित

88

काठमाडौं – एएफसी महिला एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपालले ८–० को फराकिलो जित हासिल गरेको छ ।

बुधबार उज्बेकिस्तानको मैदानमा भएको खेलको पहिलो हाफमै नेपालले ४–० को अग्रता लिएर ठूलै जित निकाल्ने संकेत गरेको थियो । दोस्रो हाफमा पनि नेपालले चारै गोल ग¥यो ।

योसँगैं नेपालले प्रतियोगिताअन्तर्गत दुई खेलमा १७ गोल गरेको छ । यसअघि पहिलो खेलमा कप्तान सावित्रा भण्डारीको ५ गोलसहित लाओसलाई ९–० ले हराएको थियो ।

श्रीलंकाविरुद्धको खेलमा गीता रानाले सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले अनिता बस्नेतको कर्नरमा हेडरमार्फत गोल गरेर नेपाललाई १–० को अग्रता दिलाइन् । यसपछि सावित्राले २० औं, ३६ औं र ४२ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरिन् । उनको व्यक्तिगत अन्तर्राष्ट्रिय गोलसंख्या ६८ र यस प्रतियोगितामा ८ गोल भएको छ ।

दोस्रो हाफमा पनि गीताले एक गोल गर्दै खेलमा दुई गोलको योगदान दिन सफल भइन् । अन्यमा रेखा पौडेल, निशा थोकर र पूजा रानाले एक–एक गोल थपेका थिए ।

समाचार वर्गहरू