काठमाडौं – नेपालमा डेंगुुको सेरोटाइप–३ फैलिइरहेको पुष्टि भएको छ । बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुना परीक्षणमा डेंगुुको सेरोटाइप–३ फैलिइरहेको पुष्टि भएको हो ।
नेपालमा सेरोटाइप–३ पहिलोपटक पुष्टि भएको हो । संक्रमितबाट संकलिन गरेर नमुना परीक्षण गर्दा सेरोटाइप १ र ३ देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालको ल्याबले १२ वटा नमुनामा परीक्षण गरेको थियो । जसमध्ये डेंगुको सेरोटाइप १ र ३ देखिएको अस्पतालका माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टराईले बताए ।
उनका अनुसार सेरोटाइप ३ पनि पुष्टि भएपछि थप अध्ययन अनुसन्धानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई जानकारी दिएको बताए । यसअघि नेपालमा सेरोटाइप १ र सेरोटाइप २ मात्रै पुष्टि भएको थियो ।