नेपालले भारतको सीमा मिचेको अभिव्यक्तिमा माफी मागेर संसद चल्न नदिने प्रतिपक्ष दलको निष्कर्ष

8

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आइतबार प्रतिनिधिसभाको बैठक दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन् । सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्री साहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।

प्रधानमन्त्री साहले माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्ष प्रतिपक्षी दलहरूको बैठकले निकालेको बताइएको छ । बैठकले प्रधानमन्त्री साहले सीमा अतिक्रमण सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेको बताइएको छ ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसद्‌बाटै माफी माग्नुपर्ने माग पनि राखेका छन् । यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने निष्कर्ष निकालेको जनाइएको छ ।

‘सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीले हिजो संसद्‌मा बोलेको कुरा राष्ट्रघाति हो भन्ने निष्कर्ष रह्यो,’ उनले भने, ‘यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने र प्रधानमन्त्रीले संसद्‌बाटै देशवासीको नाममा माफी माग्नुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले आज संसद्‌ अवरोध गर्ने निष्कर्ष छ ।’

समाचार वर्गहरू