अर्थमन्त्री स्वर्णिम वाग्लेको पत्रकार सम्मेलन : पुर्वयोजनामा प्रश्नबाट जोगिन रास्वपा कार्यकर्ता हलमा प्रबेश

1

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि पत्रकारसंग गरिने अन्तरसम्वाद अर्थात पत्रकार सम्मेलन आइतबार अर्थमन्त्रालयको सुर्वण हलमा आयोजना गरे । उनले शुक्रबार दुवै सदनको सयुक्त बैठक मार्फत सार्वजनिक गरेको बजेटमा धेरै टिक्का टिप्पणी आएपछि बजेट सार्वजनिक भएको भोलीपल्ट नै पत्रकार सम्मेलन गर्नु पर्नेमा त्यसो नगरि ३ दिन पछि पत्रकार सम्मेलन गरेर समेत पुनः झुट बोल्दै आप्mनो बचाउ गरे ।

सो पत्रकार सम्मेलन सुरु भएसंगै अर्थमन्त्री वाग्लेले १ घण्टा लामो भाषण गरे । उनले एक घण्टे भाषणमा बजेटको विरोध गर्नेमाथी व्याङय प्रहार गरे । उनी जतिसक्दो बढी समय बजेटमा समाबेश गरिएका कर र भ्याटका बारेमा गरिएको टिप्पणीलाई समेत विरोध गरेको भन्दै उत्तर समेत दिए । उनी पत्रकारहरुको प्रश्न बाट बच्नकै लागि अनेक हर्कत गरेको प्रष्ट भएको थियो ।

अर्थमन्त्री वाग्लेले आयोजना गरेको पत्रकार सम्मेलन भने अत्यन्तै अव्यवस्थित र कोलाहलपूर्ण रहन गयो । कारण पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले पुर्वमन्त्री, वहालवाला सांसद र केही कार्यकर्तालाई हलभित्र ल्याएर माहोल भड्काउने कार्य समेत मन्त्रालय तहबाटै भएको देखियो ।

अर्थ मन्त्रालयले बजेटबारे जानकारी दिन आइतबार दिउँसो ३ बजे पत्रकारहरूलाई निमन्त्रणा गरेको थियो । तर पत्रकार सम्मेलनको हलमा केही युटुवका विभिन्न नामधारी पत्रकारहरु १ बजेर ४५ मिनेटमै पुगेको मन्त्रालय कर्मचारीले जानकारी दिए । तर अर्थमन्त्री वाग्ले तोकिएको समयभन्दा ढिलो हलमा प्रवेश गरे । मन्त्रीको प्रतीक्षा भइरहँदा हलभित्रको दृश्य भने विगतको पत्रकार सम्मेलनको भन्दा बिल्कुलै फरक र आश्चर्यलाग्दो रहेको थियो ।

सामान्यतया बजेटपछिको पत्रकार सम्मेलनमा अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर र अर्थ मन्त्रालयका उच्च अधिकारीहरू उपस्थित हुने गरेका थिए । तर, यसपटक पत्रकार सम्मेलन कक्षमा पूर्वश्रममन्त्री दीपककुमार शाह तथा रास्वपा सांसदहरू पुकार बम र सुशान्त वैद्य समेतको उपस्थिति रहेको थियो । पूर्वमन्त्री र बहालवाला सांसदहरू पत्रकार बस्ने लहरमै बसेका थिए ।

पत्रकार सम्मेलनमा पत्रकारहरू भन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र समर्थकको उपस्थिति रहेको थियो । हलभित्र भिड लागेको थियो । अर्थमन्त्री वाग्लेले बजेट र चालू आर्थिक वर्षको नीतिबारे आफ्नो धारणा राखेपछि पत्रकारहरूका लागि प्रश्नोत्तरको समय दिएपछि हलभित्रको भिडभाड र भद्रगोल व्यवस्थापनका कारण पत्रकार सम्मेलन निकै अशान्त र कोलाहलपूर्ण बन्न पुगेको थियो ।

वातावरण तनावग्रस्त र अमर्यादित बन्दै गएपछि पत्रकारकै लहरमा बसिरहेका पूर्वश्रममन्त्री दीपककुमार शाह र सांसदहरू बीचमै उठेर सम्मेलन कक्षबाट बाहिरिए गए । उनीहरु बाहिर गएपछि एउटा क्यामेरा भिरेर पत्रकारको आवरणमा प्रबेश गरेका केही रास्वपाका कार्यकर्ताहरुले पत्रकार सम्मेलनलाई विथोलिने गरि प्रश्न गर्न थालेपछि होहल्ला भएको थियो ।

बजेट जस्तो गम्भीर र संवेदनशील विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई पार्टीको आमसभा जस्तो बनाइएको भन्दै उपस्थित सञ्चारकर्मीहरूले आपत्ति जनाउदा समेत मन्त्री वाग्लेले सो कार्यकर्तालाई रोक्न कुनै निर्देशन नदिएपछि सो नियोजित रुपमा प्रश्नबाट बच्न पूवतयारी अर्थमन्त्री वाग्लेको योजना रहेको समेत प्रष्ट हुन पुगेको छ ।

सूचना संकलन र प्रश्न सोध्नका लागि सहज वातावरण बनाउनु पर्नेमा मन्त्रालयले राजनीतिक कार्यकर्ता र असम्बन्धित व्यक्तिहरूलाई भित्र्याएर पत्रकार सम्मेलनलाई भद्दा बनाएको आरोप पत्रकारहरूले लगाएका छन् । अर्थमन्त्री वाग्लेले पत्रकार सम्मेलनमा ूनिर्माण व्यवसायमा भएको मुल्यबृद्धि समायोजन के हुन्छू भनि गरिएको प्रश्नमा समेत झुट बोलेका थिए ।

अर्थमन्त्री वाग्लेले सोधिएको प्रश्नको जवाफ दिनेक्रममा निर्माण व्यवसायीहरुलाई ढाँटदै भने,‘बजेटमा आएकोले त्यो कार्यान्वयन हुन्छ ।’ यति जवाफ दिएपछि उनी सुर्वण हलबाट बाहिरिएका थिए । अर्थमन्त्री वाग्ले पत्रकार सम्मेलनमा दिएको जवाफ पछि नेपाल निर्माण व्यवसायी महासंघका पुर्वमहासचिब राम शरण देउजाले सामाजिक सञ्जालमा लेखि लागु नहुनेमा आशंका व्यक्त गरेका छन ।

उनले बजेटमा आएका नितिगत कुराहरु नियम कानुन संशोधन गर्नुपर्नेको हकमा गरेर वा नगरेर २०८३ साउन पछि दुई मध्य एक हुन्छ, कि कार्यान्वयन हुन्छ कि हुँदैन त्यति हामीलाई पनि ज्ञान भएको, तर राज्यलाई समेत बहन गर्न हम्मेहम्मे पर्ने बिगत केही महिना देखि भएको अस्वभाबिक, अप्रत्याशित र आक्समिक मुल्यबृद्धि समायोजन अब आउने ठेक्काहरुमा मात्र लागू हुने गरि कार्यान्वयन गर्ने कुरा कुनै दृष्टिकोणले सहि छैन र होईन।’

भन्दै जिज्ञासा समेत राखेका छन् । उनले सरकारले निर्माण व्यवसायीहरुलाई मुल्यबृद्धिको खाडलमा हालेर पुर्ने मनसाय राखेको समेत देखियो किन होला ? भन्दै प्रतिप्रश्न समेत गरेका छन् ।

उनी अगाडी लेख्छन,‘स्वयम् प्रधानमन्त्री र केही मन्त्रीहरु यहि निर्माण क्षेत्रमै केही समय काम गरेर अनुभव लिएका र यहि community कै हुनुहुन्छ तर व्यवहारमा मानौ उहाँहरु निर्माण व्यवसायीहरुसँग प्रतिशोध लिन खोजिरहनु भएको जस्तो देखिएको छ, किन होला ।’

समाचार वर्गहरू