नेपाली कांग्रेस बीपीको सभापतिमा शेरचन

10
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशनले पार्टिको सभापतिमा सुशीलमान शेरचनलाई चयन गरेको छ ।

शुक्रबार सकिएको विशेष महाधिवेशनले संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता घोषणा गरेको छ भने शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति बनाएको छ ।

उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरे चयन भएको नेपाली कांग्रेस (बीपी)ले जनाएको छ ।

नेपाली कांग्रेसबाट अलग भएर बनेको नेपाली कांग्रेस (बीपी) कांग्रेसमै समायोजन हुनसक्ने अनुमान चलिरहेको बेला उक्त पार्टिको विशेष महाधिवेशन सम्पन्न भएको हो ।

समाचार वर्गहरू