नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किदै

18

(काठमाडौं) – एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा प्रतिस्पर्धा गरेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज (मंगलबार) स्वदेश फर्किदै छन् । प्रतियोगिताको समूह चरणबाट बाहिरिएको नेपाली टिम मंगलबार बिहान नेपाल आईपुग्ने छ ।

नेपाली क्रिकेट टिम बिहान ११ : ४५ बजे नेपाल आईपुग्ने टिम म्यानेजर रमण सिवाकोटीले जनाएका छन् । प्रतियोगिताको समूह ’बी’ मा रहेको नेपालले समूह चरणमा एक खेल मात्र जितेको थियो । ३ खेलमा २ अंक जोडेको नेपाल समूह चरणमा तेस्रो स्थानमा रहेको थियो ।

नेपालले समूह चरणमा हङकङलाई ४० रनले हराएको थियो । तर, सोमबार भएको खेलमा बंगलादेशको यू २३ टिमसँग ८ विकेटले पराजित भएको थियो ।

यस्तै, भारतको यू २३ टिमसँग नेपाल ७ विकेटले पराजित भएको थियो । नेपालको समूहबाट बंगलादेश विजेता र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

समाचार वर्गहरू