(काठमाडौं) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई कारबाही गरेको छ ।
अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट उनीहरुलाई बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई टीमबाट हराएको हो ।
उनीहरु गएराति ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ । एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो ।
कारबाहीमा परेपछि ती चार खेलाडीले भुटानको यात्रा गर्ने छैनन्। उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ ।