नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउ

88

काठमाडौँ । सरकारको मातहत आएको स्मार्ट टेलिकमको सामान लिलामीको गरेको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख एआईजी डा. मनोज केसीलेले उनलाई पक्राउ गरिएको पुष्टि गरे ।

यो बैंकले सरकारले टेकओभर गरेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई लिलाम गरेको थियो । अनुसन्धानको माग गर्दै चार्टर्ड एकाउण्टेण्ट भेषराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । मुद्दाको अनुसन्धानका क्रममा बिनाधितो ४ अर्ब रुपैयाँभन्दा बढी ऋण जारी गर्ने कार्यमा प्राइम बैंकको पनि मिलेमतो देखिएको सिआईबीस्रोतले जनाएको छ ।

ब्युरोका अनुसार ६३ वर्षीय पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित बसपार्क क्षेत्रबाट गएराति ८ बजे पक्राउ गरिएको हो । मोबाइल फोन स्वीचअफ गरी भागिरहेको अवस्थामा सवारी चेकिङका क्रममा पाण्डेलाई पक्राउ गरिएको प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

के हो घटना ?

विज्ञप्ति अनुसार, नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका कारण स्मार्ट टेलिकम प्रालिको इजाजतपत्र खारेज गरी त्यसको सम्पूर्ण सम्पत्ति र प्रणाली आफ्नो नियन्त्रणमा लिएको थियो । सोही सम्पत्ति व्यवस्थापनका क्रममा नेपाल सरकारको हक र स्वामित्व रहने सम्पत्तिलाई बेइमानीपूर्वक सरकारी हक छुटाउने उद्देश्यले काम गरेको आरोप पाण्डेमाथि आरोप छ ।

पाण्डे नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको लोन रिकभरी कमिटीका अध्यक्ष समेत थिए । बैंकले २०८२ असोज ३ गते निकालेको लिलामी सूचनामा स्मार्ट टेलिकमको घरभाडा र विद्युत महसुलबापतको ४० करोड रूपैयाँ समेत कबोल गरी बोलपत्र पेश गर्नुपर्ने उल्लेख गरिएको थियो ।

तर, बोलपत्रदाताबाट सो रकम असुल गरे पनि बैंकले घरधनीलाई भाडा भाडा नतिरेको साथै विद्युत महसुल बुझाएन । यसरी रकम लिएर पनि सम्बन्धित पक्षलाई भुक्तानी नगरी सरकारी र सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको र ठगी तथा आपराधिक विश्वासघात गरेको अभियोगमा उनीमाथि अनुसन्धान सुरू सीआईबीले जनाएको छ ।

समाचार वर्गहरू