नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा भैरहवाबाट पक्राउ

16

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा पक्राउ परेका बताइएको छ । । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज (विहिबार) भैरहवाबाट पक्राउ गरिएको बताइएको छ ।

विवादीत व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल संलग्न रहेको भनिएको गैरकानुनी कारोबारमा गोल्छाको समेत संलग्नता देखिएपछि प्रारम्भिक आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । सीआईबीले उक्त प्रकरणमा भइरहेको सूक्ष्म अनुसन्धानका क्रममा थप तथ्यहरू फेला पारेपछि गोल्छालाई नियन्त्रणमा लिएको हो।

उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ । घटनाको विस्तृत विवरण र उनीमाथि लगाइने औपचारिक मुद्दाबारे सीआईबीले थप जानकारी दिने तयारी गरिरहेको छ । तर सो पक्राउका बारेमा भने प्रहरीले औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन ।

समाचार वर्गहरू