नेपाल प्रहरीका ७२ जना सईको इन्स्पेक्टरमा बढुवा [सूचीसहित]

8
प्रहरी प्रधान कार्यालय

काठमाडौं – नेपाल प्रहरीका विभिन्न समूहमा रहे‍का वरिष्ठ नायब निरीक्षकहरूको प्रहरी निरीक्षक पदमा बढुवा भएको छ। बढुवा समितिको सिफारिसको आधारमा उनीहरूको बढुवा भएको हो।

प्रहरी प्रधान कार्यालय नक्शालले साउन ६ गतेको निर्णय अनुसारको बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

जनपद प्रहरीको समूहतर्फ ६४ प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको प्रहरी निरीक्षकमा बढुवा गरिएको छ भने प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका दुई जनाको बढुवा भएको छ।

त्यस्तै प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फ पनि दुई जनाको बढुवा भएको छ। प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङकतर्फको प्रही निरीक्षक पदमा एक जनाको बढुवा भएको छ।

त्यस्तै प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह प्यारामेडिक्सतर्फको प्रहरी निरीक्षक पदमा एक जनाको बढुवा भएको छ।

प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप-समूह, सूचना प्रविधि/कम्प्युटरतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा दुई जनाको बढुवा भएको छ।

जनपद समूहतर्फ बढुवा हुनेहरू –

[pdf-embedder url=”https://madhyabindu.com/wp-content/uploads/2023/07/ch_180_janpad_insp_20800406.pdf”]

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू