नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित

19

(काठमाण्डौ) – १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको हो ।

नेपालले पहिलो र तेस्रो सेटमा जित हात पार्दा बंगलादेशले दोस्रो, चौंथो र पाँचौं सेटमा बाजी मारेको हो । नेपालले दुवै सेट निकै प्रतिस्पर्धात्मक रुपमा पछि परेको थियो ।

पहिलो सेट २५-२० ले जितेको नेपालले दोस्रो सेट २५-२३ ले गुमाएको थियो । तेस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनाएको नेपाल चौंथो सेटमा २६-२४ ले पछि परेपछि बंगलादेशले २-२ को बराबरी गर्न सफल भयो ।

पाँचौं सेटमा बंगलादेशले भने १५-१२ ले आफ्नो पक्षमा पार्दै जित हात पारेको हो । नेपालको अर्को खेल भारतसँग खेल्ने छ ।

समाचार वर्गहरू