नेपाल र किर्गीस्तान भिड्दै

19

काठमाडौं  – किर्गीस्तानमा आयोजना हुने ’नादेझ्दा कप’ फुटबलको पहिलो खेलमा नेपालले आज (आइतबार) आयोजक राष्ट्रसँग खेल्दैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाल र किर्गीस्तानबीच नेपाली समय अनुसार दिउ“सो ३ ४५ मा खेल सुरु हुनेछ ।

प्रतियोगिताको लागि १८ खेलाडी २३ सदस्सीय नेपाली टोली गत बिहीबार नै किर्गीस्तान पुगिसकेको छ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तुलनात्मक रुपमा किर्गीस्तानको महिला टिम नेपाल भन्दा कमजोर मानिएको छ ।

फिफा वरियतामा किर्गीस्तानको महिला टिम अटाउन सकेको छैन । नेपाल भने १०१ औं स्थानमा रहेको छ । तर, उपाधि जित्ने लक्ष्यसहित किर्गीस्तान पुगेको नेपाली टोलीलाई घरेलु टोलीले कठिन चुनौती भने दिनेछ । पहिलो पटक आयोजना हुन लागेको नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानले सहगाभिता जनाएका छन् ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले भदौ २३ गते अर्थात भोलि उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल भदौ २६ गते हुनेछ ।

समाचार वर्गहरू