नेपाल समुहको स्थायी कमिटी बैठकमा किन गएनन् नेता रावल ?

10

काठमाडौं – एमाले नेता माधवकुमार नेपालले बोलाएको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भिम रावल अनुपस्थित भएका छन्। प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका उनी सरकारमा मन्त्री बन्नेबारे बुधबार दिउँसो बानेश्वरमा भएको बैठकमा अनुपस्थित भएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालको निर्णयमा रावल असहमत थिए। नेपालले अमेरिकी च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कार्यान्वयन गराउनका लागि सक्रिय रहेको भनी रावल रुष्ट छन्।

रावलले देउवालाई विश्वासको मत दिनुपर्ने भएका कारणले नै सांसद पदबाट राजीनामा पनि दिएका थिए। तथापी उनको राजीनामा स्वीकृत भइसकेको छैन।

बैठक पछी पत्रकारसँगको छोटो कुराकानीमा एमाले नेता रघुजी पन्तले “भने माधब कमरेडले बोलाउनुभएको भन्नुभएको हो किन आउनु भएन थाहा भएन ।”

समाचार वर्गहरू