न्याय र कानुन बलात राज्य

24

ध्रुब पाण्डे
नेपालको बर्तमान  सत्ता राजनीति र राज्य संचालन को बिषयमा यस्को ब्याख्या र बिश्लेषण गर्ने हो भने २०२८, सालको झापाकान्ड र २०५२, सालको माओवादि शसस्त्र द्वन्द्व लाइ स्मरण गर्नुपर्ने हुन्छ्।अझै यसको पुर्व पृष्ठभूमि केलाउने हो भने  भारत को पश्चिम बंगालमा भएको नक्सलवाडि बिद्रोहलाइ बुझ्नुपर्ने हुन्छ्।त्यांहा एउटा अपराधिक समुह थियो नक्सलाइस्ट समुह।जुन समुह ले   त्यांहा अपराधिक गतिविधि मच्चाउथ्यो, त्यस्को नेतृत्व चारुमजुमदार ले गरेका थिए। जब सन 1947 मा भारत स्वतन्त्र भयो ,त्यो समुह कम्युनिष्ट पार्टिको नाममा रुपान्त रण भयो।त्यसैको प्रभावमा परेर २०२८,  सालमा कम्युनिष्ट माले नामको अपराधिक समुह गठन भयो।त्यसको अर्को नाम थियो (कोशि को ओर्डिनेसन  कमिटि (()।जसको नेतृत्व मोहनचन्द्र अधिकारिले गरेका थिए।उक्त समुहमा राधा कृष्ण मैनालि ,सि पि  मैनालि ,खड्ग प्रसाद ओलि सम्मिलित थिए।

उक्त समुह ले क्रान्तिको नाममा  नेपालको पुर्वि भाग झापामा प्रजातन्त्र प्रति आस्था र बिश्वास गर्ने दर्जनौ निर्दोष गरिब र किसानको हत्या गरे।ति थिए धर्म प्रसाद ढकाल् ,बुट्टन चौधरि,धिरेन राजबंशि आदि ,।अहिले ति हत्या भएका परिवार  लाइ सोध्ने हो भने  अत्यन्त अ् मानबिय , क्रुर र पाशविक  हत्या को  घटना  थियो  त्यो।फेरि अर्को हत्याको शृङ्खला माओवादि पार्टि नामको हिंसात्मक समुहले २०५२, सालमा मच्चायो।अनाहकमा १७०००, निर्दोष नेपालि मारिए,खरबौंको बिकासका पुर्वाधार  नष्ट गरिए।  असंख्य  पक्कि पुल  हरु भत्काइए, स्वास्थ्यचौकि , बिध्यालय र मठमन्दिरमा बम पड्काइए।ग्रामिण भेगका लाखौं युवाजनशक्ति बिदेश पलायन भए।यि दुबै कालखन्डमा भएका हिंसात्मक  घटना    के का लागि गरिएको थियो त? यसको उदेश्य र लक्ष के थियो त? भारतको भुमिमा बसेर भारतकै संरक्षण मा आफ्नै सार्वभौमिकता र सार्वभौम राष्ट्रको अस्तित्व माथि किन  प्रहार गरे त? यसको सहि जवाफ  हालसम्म हिंसामा संलग्न पक्ष्यले दिएको छैन्।

यसको एउटैमात्र उदेश्य थियो  बिदेशि   को चाहना र स्वार्थ को निम्ति ने पाल लाइ आर्थिक , सामाजिक र राजनैतिक रुपमा  कमजोर  र परनिर्भरता बनाउने बाहेक यसको उपदेयता केहि थिएन।यसको पुष्टि भारतका तात्कालिक र ‘का प्रमुख टि हर्मिजले इन्डियन एक्स्प्रेसमा लेखेको कुरा२०६५, साल जेष्ठमा  भारतीय  अखबार  मा प्रकासित भएको थियो।अझै स्पष्ट शब्दमा अर्का र ‘का अफिसर आर ‘के यादवले ‘मिसन र’ भन्ने पुस्तकमा नेपालको द्वन्दको रणनितिकार भारत नै थियो र  द्वन्द्व  का पात्र  डा बाबुराम भट्टराइ र पुषकमल दाहाल्   नै थिए भनि उल्लेख गरेका छन्।कम्युनिष्ट राजनीति को नाममा नेपालमा जतिपनि हत्या र हिंसा भए ति सबै अपराध् (क्राइम) नै थियो।अपराध लाइ द्वन्द्व  (कनफ्लिक्ट)भनियो ,र  अपराध संस्थागत  गरियो , अपराध लाइ बैधानिकता दिइयो।जसकोपरिणाम दन्डहिनता मौलायो, सम्बैधानिक अंग्गहरु निकम्मा बनाइए । ओलि सरकार ले अख्तियार  दुरुपयोग  अनुसन्धान  आयोग लाइ आफ्नो   अभिष्ट पुरा  गर्ने कारिन्दा जस्तो बनाइयो ,र भ्रष्टाचार  संस्थागत    गरियो।अन्तत्वगत्वा राज्य भ्रष्ट र शिथिल हुन पुग्यो।विधि र पद्धति  मिच्न थालियो।

निरन्तर प्रजातान्त्रीक मुल्य र मान्यता माथि प्रहार  हुन थाले। आज् नागरिकको नैसर्गिक अधिकार, वाकस्वतन्त्रता , मौलिक हक संकुचन गर्न खोजियो। राज्यको चौथो अंग भनिने  प्रेस जगत प्रति निर्मम  बन्न थाले ।मेडिया लाइ धम्कि को भाषामा उनि भन्छन सरकार  को बिरोध र आलोचना गर्ने कुनैपनि कुरा यो सरकार  र पार्टि लाइ सह्य हुंदैन  ।सरकार को कार्यशैलि बिरुद्ध आवाज उठाउने नागरिकलाइ राज्यप्रणालि बिरुद्ध लागेको भनि जन आवाज  लाइ निस्तेज पार्न खोजियो। सम्बिधान र कानुन को चरम दुरुपयोग  गर्दै नागरिक  माथि हुकुमि शैलि लाद्न खोजियो ।नेपालि नागरिकले सरकार सङ्ग जुन आशा र भरोसा गरेका थिए त्यो आशा र भरोसा  निरासा मा परिणत भएको छ्।        जनप्रतिनिधि  संस्था  ब्यबस्थापिका संसद मा  देश को   प्रधानमन्त्री   ले  प्रतिपक्षी दल  प्रति लक्षित  गर्दै उग्र, अशिष्ट भाषा र शैलिमा प्रस्तुत हुंदै  भन्छन कुन्ठा,आक्रोस र निम्छरो प्रश्नको जवाफ दिन सकिन्न।  जब सरकार  लाइ खबरदारी  गर्ने र जनताको माग लाइ सम्बोधन  गर्ने थलो भनेकै ब्यबस्थापिका संसद हो।

लोकतन्त्र मा प्रतिपक्षि बिनाको  संसद कल्पना  गर्न सकिंदैन ।यसको अर्थ उनको मानसपटल मा  अझै उग्र बामपन्थि ,सर्बसत्तावादि र अधिनायकवादी सोच कायमै छ्।ओलि सरकार गठन भएको दिन देखि शृङ्खलाबध्द रुपमा  जनबिरोधि कान्डैकान्ड भएका छन । ति निर्दोष १४ बर्षिय  बालिका निर्मलाा  पन्तको बलत्कार पछि हत्या होस वा  पत्रकार  शालिग्राम पुडासैनि कान्डमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्धा लगाएर  मेडियाकर्मि  रबि लामिछाने लाइ फसाउन  षड्यन्त्र होस यि सबै  राज्यशक्ति को दुरुपयोग गर्दै नागरिक  माथिको दमन र अत्याचार थियो।चाहे मेडिया सम्बधि बिधेयक होस या चाहे सुचना प्रविधि सम्बन्धी बिधेयक होस , यि सबै  कम्युनिष्ट ओलि सरकार कोनिरंकुसता को  मनोगत कुचेष्टा  ले ल्याएको हो भन्ने सपष्ट हुन्छ्।यि यावत घटना क्रम लाइ  नियाल्ने हो भने सरकार फांसिवाद  तिर लम्किन  खोजेको जस्तो   देखिन्छ्।प्रचन्ड  र ओलि जुन धरातल र पृष्ठभूमि बाट आए उनको दिमागमा कतैनकतै निरंकुस एकदलीय  तानाशाही भ्रुण जिबित छ भन्ने  बुझिन्छ्।होइन भने यो संकटको घडिमा भोकै रहेका गरिब मजदुर लाइ  राहत बितरण गर्ने एउटा सामान्य नागरिक ग्यानेन्द्र शाहि लाइ  पक्राउ गरेर थुन्छ, अर्का पुर्व सचिव भिम उपाध्याय ले  सामाजिक  संजालमा सरकार को  ब्याङ्यात्मक शैलिमा आलोचना गरेको    आधार मा  पक्राउ गरेर साइबर क्राइम को मुद्धा लगाएर थुन्छ  ।आफ्नै देशको नागरिक  प्रति वैरभाव  राख्छ ।

राज्यसत्ता को दुरुपयोग  गर्दै नागरिक  प्रति निर्दयि र क्रुर बन्छ भने यो सरकार  ले  नेपाली  नागरिक  को जिउ धन को रक्ष्या गर्ला   भनेर भन्न किमार्थ    सकिन्न ।सरकार नागरिक को रक्षक  हुनुपर्ने मा ।भक्ष्यक भएको छ।नेपालको लोकतन्त्र यसरिनै  अतिक्रमित हुंदै जाने हो भने ,खुम्चिदै गयो भने , लोकतान्त्रिक मुल्य र मान्यता हरु समाप्त हुंदै जानेछन्।किनभने एकदलीय कम्युनिष्ट तानाशाही ब्यबस्था   अपनाएको चिन ि र उत्तरकोरिया लाइ आदर्श मान्ने  कम्युनिष्ट नाम धारि सिंहदर्बार को कौसि कौसि मा बिराजमान छन्।जसरि पुर्व कम्युनिष्ट तानाशाह हरुले क्रान्तिको नाममा पचासौं लाख  निर्दोष  नागरिक   को हत्या गरे, देश लाइ दर्दनाक अवस्था मा पुर्याए ।त्यसैको नक्कल र सिको गरि पटक पटक  कम्युनिष्ट को नाम्  मा भएको द्वन्द बाट देश ले ठुलो क्ष्यति बेहोर्नु परेको छ , हजारौँ  नागरिक   ले अ काल मा ज्यान गुमाउनु  परेको हाम्रा   आंखा अगाडि ताजै छन्। तर नेपालको भु रा जनीतिक  अवस्था र लोकतान्त्रिक मुल्य र मान्यता  लाइ  सिद्धान्त र आदर्शका रुपमा स्विकार गर्ने दल र नेपालि नागरिक  हरु २००७ साल देखि ,लोकतन्त्र  र मानव अधिकार तथा आफ्नो हक र अधिकार को रक्षा को लागि संघर्ष गर्दै आएको र उक्त ताकत र शक्ति जिवन्त रहेकोले ,नेपालि नागरिक समेत कुनैपनि नामको अधिनायकवाद वा निरङ्कुश वाद लाइ स्विकार नगर्ने हुनाले  कम्युनिष्ट ओलि सरकार  ले चाहे जस्तो तानाशाहि  ब्यबस्था त्यति सम्भव  न हुन सक्छ  ।लोकतन्त्र को बिकल्प लोकतन्त्र  नै हो ।लोकतन्त्र को बिकल्प कम्युनिष्ट तन्त्र हुन सक्दैन ।अर्को तर्फ  हालका सत्ताधारी कम्युनिष्ट का नेताहरु चरम बिलाशि र सुबिधा सम्पन्न  भैसकेका छन्।

 सर्बहारा को नाममा धनाढ्य  र पुंजिपति  बनि सकेका छन्।अहिले नेपालका  कम्युनिष्ट हर कुन वाद मा  आधारित  छन स्पष्ट छैन्।न कम्युनिष्ट   हुन  न लोकतन्त्र वादि हुन्।लोकतन्त्रवादि हुन भने किन लोकतन्त्र  माथि प्रहार गर्छन? कम्युनिष्ट हुन भने यिनका आ चरण  ,चरित्र ,रहन् सहन   ठुलाठुला दलाल र माफिया कै जस्तो  बनिसकेको छ ।  कोभिड 19, को कारण  देश माहां संकट मा  फसेको समयमा देश र जनता प्रति ओलि कम्युनिष्ट सरकार  उत्तरदायि छैन  भन्ने भोकमरी मा परेका गरिब  मजदुर  प्रति  गरेको अ मानविय  ब्यबहार ले उदाङ्गो  पारेको छ।नेपालि   जनता ले  यिनिहरु को  झुट र भ्रमजाल समयमै बुझ्नु जरुरि  छ।अन्यथा हाम्रा पछिल्ला पिंढि ले ठुलो दुख र कष्ट बेहोर्नु  पर्नेछ। देश र जनता को भविष्य  अन्धकार हुने छ।

समाचार वर्गहरू