न्युरोड जाने सवारीलाई खुलामञ्चमा पार्किङ

5

काठमाडौं – अबदेखी न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङ गर्न सकिने भएको छ।

न्युरोडकालागी यात्रुवाहक, मालवाहक तथा निजी सवारीलाई आजबाट खुलामञ्चमा पार्किङ गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार असोज ८ गते देखि फुलपातीसम्म यो व्यवस्था लागू हुनेछ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आइसलेण्ड राखिएको स्थानबाट डाइभर्शन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

समाचार वर्गहरू