न्यूजिल्याण्डमा ज्वालामूखी विस्फोट, सयौं बेपत्ता

16

एजेन्सी – न्यूजिल्याण्डको ह्वाइट आइल्याण्ड (टापु)मा ज्वालामूखी विस्फोट भएको छ । विस्फोटमा परी सयभन्दा बढी मानिसहरु सम्पर्क विहिन भएका छन् ।

प्रहरीले २३ जनाको उद्दार गरेको छ भने एक जनाको शव निकालिएको छ । मृतकको संख्या बढ्न सक्ने स्थानिय प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस क्षेत्रमा फसेकाहरुको उद्दार कार्य जारी छ ।

उक्त पर्यटकीय क्षेत्रलाई न्यूजिल्याण्डको सक्रिय ज्वालामूखीयुक्त क्षेत्र मानिन्छ ।

डिसेम्बर ३ मा जियोलजिकल हेजार्ड मोनिटरिङ वेवसाइट GeoNet ले त्यस क्षेत्रमा ज्वालामूखी विस्फोट हुनसक्ने भन्दै चेतावनी दिएको थियो ।

समाचार वर्गहरू