पत्रकार खासोग्जी हत्याको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय

25

एजेन्सी – पत्रकार जमाल खासोग्जीको हत्याको अभियोगमा साउदी अरेबियाको अदालतले पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सोमबार त्यहाँको अदालतले खसोग्जी हत्याको अभियोगमा थप तीन जनालाई २४ वर्ष कैद सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पत्रकार खासोग्जीको हत्याको अभियोगमा ११ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । अमेरिकी पत्रिका ‘वासिङ्टन पोष्ट’का स्तम्भकार खसोग्जीको गत वर्ष टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या भएको थियो ।

साउदी सरकारका कडा आलोचक मानिने खासोग्जीको हत्या साउदीका युवराज मोहम्मद बिन सलमानको निर्देशनमा भएको आशंका गरिएको थियो । सुरुमा खशोग्जीको हत्या आरोपलाई इन्कार गर्दै आएको साउदी सरकारले पछि केही ’छाडा एजेन्टहरू’ले हत्या गरेको भन्दै पन्छिँदै आएको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू