पद्‌मकन्यामा चन्द्रकला तामाङको नेतृत्वमा नेविसंघ इकाइ गठन

66

काठमाडौं – नेपाल विद्यार्थी संघको पद्मकन्या क्याम्पस इकाइमा नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार कलेजमा आयोजित भेलाबाट चन्द्रकला तामाङको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

भेलाले वरिष्ठ उपाध्यक्ष दीक्षा बडू, उपाध्यक्षमा रिंकी मेहता र कविता गौतम, सचिवमा संकल्पिका थापा, सन्ध्या बस्याल, श्रद्धा थापा चयन भएका छन् ।

यसैगरी सहसचिवमा अस्मिता विश्वकर्मा, कृतिका बराल, ममता पुजारा, कोषाध्यक्षमा चेतना नहर्की, सहकोषाध्यक्ष उवर्सी पाण्डे चयन भएका छन् ।

शुक्रबार बनेको नयाँ समिति सर्वसम्मत रूपमा बनेको पद्मकन्या क्याम्पसको नेविसंघ पूर्वसभापति लक्ष्मी दाहालले जानकारी दिइन् । संघको  विद्यमान कार्यसमिति सक्रिय नभएकाले नयाँ समिति गठन गरिएको दाहालको भनाइ छ ।

नयाँ कार्यसमितिमा पार्टी महामन्त्री गगन थापा निकटका विद्यार्थीहरू परेका छन् । यस अघि पद्मकन्यामा सगुन कँडेलको नेतृत्वको कार्यसमिति थियो ।

समाचार वर्गहरू