काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन बिहिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले बुधबार जनाएको हो ।
वेलायत भ्रमणका क्रममा मन्त्री साउद अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुने कार्यक्रम रहेको मन्त्रालय स्रोतले बतायो । परराष्ट्रमन्त्री साउद भ्रमण सकेर यही वैशाख २६ गते स्वदेश फर्कने तालिका रहेको मन्त्रालयले जनाएको छ ।