पर्सामा लागु औषध गाँजा सहित सिंह पक्राउ

20

धर्मेन्द्र प्रसाद यादव/पर्सा – पर्सामा लागु औषध गाँजा सहित एक व्यक्ति पक्राउ परेका छन् ।निज व्यक्तिलाई वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटी गएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा शुक्रबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा नं. १५ सिर्सिया स्थित छोटी भन्सार पछाडी भारत, विहार जिल्ला जमुई पोष्ट दिग्घी थाना लक्ष्मीपुर ग्राम मोहनपुर बस्ने वर्ष २० को राकेश कुमार सिंह रहेका छन् । निज सिंहले बोकेको झोला चेकजाँच गर्दा निजको साथमा ३ के.जी. लागु औषध गाँजा फेला परेको हुँदा उक्त लागु औषध गाँजासहित उनलाई पक्राउ गरीएको प्रहरिले जनाएको छ ।

निज सिंहमाथि आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन।

 

समाचार वर्गहरू