धर्मेन्द्र प्रसाद यादव/वीरगंज – पर्सामा सशस्त्र प्रहरीले सोमवार बेलुका लागूऔषध लिएर भारत तर्फबाट नेपाल आउँदै गर्दा एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक कृष्णा पौडेल को कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो l पक्राउ पर्ने वीरगंज महानगरपालिका १५ बस्ने दिनेश पटेलको छोरा वर्ष १६ को राजकुमार पटेल रहेको सशस्त्र प्रहरीका डीएसपी निर्मल कुमार थापाले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिस्वाले भारतबाट झोलामा बोकी नेपालतर्फ ल्याउँदै गरेको लागू औषध ५ सय नूफीन (noophin) ,५०० सय (diazepam) , ५०० सय (promethazine hydrochloride) सहित पटेललाई पक्राउ गरेको डीएसपी थापाले बताएका छन् ।
छिपहरमाई गाउँपालिका वार्ड नः ५ भिस्वा स्थित पटेल भारतबाट नेपालतर्फ झोला बोकी आउदै गर्दा संकास्पद लागी बोर्डरमा रोकेर चेकजाँच गर्दा पक्राउ गर्न सफल भएको हो ।थप अनुसन्धानका लागि पटेललाई ईलाका प्रहरी कार्यालय पोखरियामा जिम्मा लगाइएको डीएसपी थापाले बताएका छन् ।