पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

9

काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सोमबार बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आगामी तीन दिन केहि स्थानमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको उल्लेख छ।

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भू-भागको केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

समाचार वर्गहरू