पाकिस्तानमा कोरोना भाइरस संक्रमित १९ पुग्यो

53

(काठमाडौं) – पाकिस्तानमा कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या १९ पुगेको छ । सबैभन्दा धेरै सिन्धप्रान्तमा मात्रै १५ जनामा भेटिएका छन्, भने अरु तीन जना गिल्गीत बाल्टिस्तानमा र एक जना बालुचिस्तानका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

अर्का एक जना गत हप्ता पूर्ण निर्को भएर घर फर्किएका छन् । क्यानाडामा पनि थप सात जना संक्रमित भेटिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २९ पुगेको छ ।

श्रीलंका र टर्कीमा पनि कोरोनाका संक्रमिक भेटिन थालेका छन् । अहिलेसम्म संक्रमित नभेटिएका यी देशमा एक–एक जना संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

समाचार वर्गहरू