काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेमा बाटो चिप्लो हुँदा सडक अवरूद्ध भएको छ।
नवलपुर प्रहरीका अनुसार आज शुक्रबार साँझ साढे ५ बजेतिर वर्षाका कारण बिनयी त्रिबेणी गाउँपालिका– २ बिश्वकर्मा मन्दिर नजिकै बाटो हिलो र चिप्लो हुँदा सडक अवरुद्ध भएको हो।
गाडीहरू उकालोमा फस्ने तथा चिप्लिन गई बाटो दुईतर्फी नै अवरूद्ध भएको हो। बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
बाटो बनाउने कार्य चलिरहेकोले सामान्य बर्षा हुनासाथ उक्त मार्गमा यातायातका सवारीसाधन ठप्प हुने गरेको छ ।