काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का टी–१० लिगमा मेन्टरका रुपमा नियुक्त भएका छन् । टीम अबुधाबीले शुक्रबार अलराउण्डर पारसलाई नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा नियुक्त गरेको हो ।
टिम आबुधाबीले सामाजिक सञ्जालमार्फत पारस खड्कालाई मेन्टरमा नियुक्त गरिएको जानकारी दिँदै एसोसियटतर्फ दशककै उत्कृष्ट खेलाडीको मनोनयन सूचीमा परेकोमा बधाई दिएको छ ।
🚨 Breaking news! 🚨
We are delighted to announce the appointment of @paras77 as Team Abu Dhabi's Emerging Talent Mentor.
The Nepalese cricket legend will play a mentor role during this season's #AbuDhabiT10 🙌#TeamAbuDhabi pic.twitter.com/JPd4XDH0bL
— Team Abu Dhabi Cricket (@TeamADCricket) December 18, 2020
अघिल्लो सिजन टिम आबुधाबीबाटै टी–१० लिग खेलेका पारसले यस वर्ष भने कोचिङ टिममा जिम्मेवारी पाएका हुन् । यस वर्ष उनले युवा खेलाडीलाई मेन्टरको रुपमा प्रशिक्षण दिने भएका छन् । टिम आबुधाबीमा क्रिस मोरिस, रोहन मुस्तफा, ल्युक राइट, अविष्का फर्नान्डो लगायत खेलाडी रहेका छन् ।
Excited with my new role with @TeamADCricket and looking forward to it.
Hopefully will get to build on this for Nepal cricket to grow at international level through cricketing
tie-ups and more opportunities for our cricketers through Team Abu dhabi.
Let’s do this.👊🏻👊🏻@T10League pic.twitter.com/8B7lfybUW0— Paras Khadka (@paras77) December 19, 2020
नयाँ भूमिका पाएपछि पारसले शनिबार बिहान ट्वीट गर्दै यसबाट आफू उत्साहित रहेको र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न मद्दत गर्ने बताएका छन् ।
अब हुने टी-१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ ।
टी–१० लिग नोभेम्बर १८ बाट सुरु हुने तय भए पनि कोरोना महामारीका कारण पछाडि धकेलिएको हो । नयाँ तालिका अनुसार आगामी जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा लिग सुरु हुनेछ । प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।