पीपीएल विजेताले २७ लाख पाउने

21

(पोखरा) – पोखरा प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट पीपीएलको दोस्रो संस्करण शनिबार पोखरा रंगशालामा सुरु हुँदैछ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाकाअनुसार, यो वर्षदेखि हरेक टोलीले ३ जना विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।

नेपालका ६ शहरका ६ फ्रेञ्चाईज टिम सहभागी हुने प्रतियोगिता पुष १२ गतेसम्म चल्नेछ । उपाधि विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले मोटरसाईकल पुरस्कार पाउनेछन् भने मोष्ट भ्यालुएवल खेलाडीलाई एक लाख र ईमर्जिङ खेलाडीले ५० हजार रुपैयाँ पाउने छन् ।

आयोजकले आज पोखरामा लिगको ट्रफी सार्वजनिक गर्ने जनाएको छ ।

समाचार वर्गहरू