पुरानो कानुन भएका कारण संसद सेवा प्रभावकारी बनाउन सकिएन :सभामुख घिमिरे

24

काठमाडौं – सभामुख देवराज घिमिरले १८ वर्षदेखि एउटै कानूनमा टेकेर संसद चलाउनु पर्ने बाध्यताका कारण संसद सेवा प्रभावकारी हुन नसकेको बताएका छन् ।

आइतबार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजितक कार्यक्रममा सभामुख घिमिरेले सो कुरा बताएका हुन । उनले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थामा बनेको कानूनमै टेकेर संसद चलिरहेको उल्लेख गर्दै उक्त कानूनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका हुन ।

सांसदहरु आफू कानून बनाउनुको सट्टा सरकारको मुख ताकिरहने प्रवृत्तिको कारणले कानून निर्माणमा समस्या हुने गरेको उनको भनाई छ । उनले नेपालको संसदीय उपलब्धी र अभ्यासहरु अन्य देशको संसदसँग तुलना गर्न नमिल्ने समेत बताएका छन् ।

संसद प्रभावकारी बनाउन सबै राजनीतिक दल, विज्ञ, कर्मचारी र संसदहरुको महत्वपूर्ण भुमिका रहने उनको भनाई रहेको छ । सोही कार्यक्रममा उपसभामुख इन्दिरा रानाले संसदलाई प्रभावकारी बनाउन संसद सचिवालयका कर्मचारीहरुको महत्वपूर्ण भुमिका हुने बताएकी छिन् ।

उनले सांसदहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने कुरालाई आत्मसाथ गर्दै कर्मचारीहरु अघि बढ्नुपर्ने बताएकी छिन् । कर्मचारीहरुले संसदका काम,कारबाही गर्दा राजनीतिकरण नगरीकन संसदको अवधारणा मनन गर्न आवश्यक रहेको उनको भनाई रहेको छ ।।

समाचार वर्गहरू