(काठमाडौँ) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दौडमा बोगटीले ४२.१९५ किमिको निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरे । त्यस्तै भारतका खेलाडीहरुले रजत र कांस्य पदक जितेका छन् ।