फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै

12

(काठमाडाैं) – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा फुटबल तर्फ पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । तीन मध्ये दुईमा जित र एक खेलमा बराबरी खेलेको नेपाल अपराजित रहेको छ ।

बंगलादेशविरुद्ध पनि सफल नतिजा निकाल्ने दाउमा नेपाल रहेको छ । फाइनल पुग्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ बंगलादेशले भने फाइनल पुग्ने जित्नैपर्ने छ ।

त्यस्तै, नेपालले फाइनल यात्रा तय गर्ने पनि सम्भावना बलियो रहेको छ । नेपाल र बंगलादेशबीचको खेल बेलुका पाँच बजेपछि त्रिपूरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ ।

बंगलादेशको चार अंक मात्र रहेको छ । नेपालको सात अंक रहेको छ । नेपालले बंगलादेशलाई पराजित गरेमा लिगको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटान ४ खेलबाट ९ अंक जोड्दै यसअघि नै फाइनल पुगिसकेको छ ।

समाचार वर्गहरू