पूनर्वासमा हुने मेयर कपको तयारी पूरा

31

(पूनर्वास) – कञ्चनपुरको पुनर्वासमा हुने मेयर कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पूनर्वास नगरपालिकाको आयोजनामा हुने प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ को तयारी पूरा भएको नगर खेलकुद विकास समितीले जनाएको छ ।

प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश नम्बर ५ का १२ वटा स्थानीय तहहरूको टीमले भाग लिएका छन् । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पूनर्वासको आयोजनामा हुने मेयर कप फुटबल नकआउट आधारमा सञ्चालन हुने पूनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले जानकारी दिए ।

प्रतियोगिताको शनिवार उद्घाटन गरिनेछ । उद्घाटनका दिन सहभागी टीमको खेल भने राखिएको छैन् । प्रतियोगिताको उद्घाटन पत्रकार र आयोजक टीमबीच मैत्रीपूर्ण खेल भएर सुरु हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिए ।

त्यस्तै, म्यान अफ दी म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद प्रदान गरिने नगर उपप्रमुख शारदा शर्मा विष्टले जानकारी दिए । त्यसैगरी बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।

समाचार वर्गहरू