पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सबै स्वास्थ्यकर्मीको बिमा गरिदिने

23

(सिन्धुपाल्चोक) – पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बिमा गर्ने घोषणा गरेका छन् ।

कोरोना संक्रमणका कारण नेपालमै पहिलो व्यक्तिको मृत्यु सिन्धुपाल्चोकमै भएका कारण यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु पनि असुरक्षित रहेकाले स्वास्थ्यकर्मीहरुको बिमा गरिदिने घोषणा गरेको काँग्रेस नेता बस्नेतले जानकारी दिए ।

कोरोनाको महामारी बिश्वब्यापी रूपमा फैलिएको बेला स्वास्थ जस्तो संवेदनशील बिषयमा अग्रपंक्तिमा रहि अहोरात्र नागरिकको सेवामा समर्पित सम्पुर्ण स्वास्थ क्षेत्रमा कार्यरत स्वास्थकर्मीहरुको प्रोत्साहन स्वरुप आफुले यो निर्णय गरेको पुर्वमन्त्री बस्नेतले मध्यबिन्दुलाई जानकारी दिए ।

बस्नेतले जिल्लाभर रहेका सरकारी हस्पिटल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीमा कार्यरत डाक्टर देखि कार्यालय सहयोगीसम्म सम्पुर्ण तहका स्वास्थ्यकर्मीलाई कोरोना बिमा(सामुहिक म्यादी जीवन बिमा) गरिदिने भएका हन् ।

कांग्रेस नेता बस्नेतले केहीदिन अघि कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ बर्षिय सुत्केरी महिलाको नाबालक बच्चाको शिक्षा दीक्षा र लालनपालनको जिम्मा लिएका थिए ।

समाचार वर्गहरू