पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

51

काठमाडौँ। पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश आदेश बदर गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ।

यसअघि उनलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसविरुद्ध निवेदन लिएर सर्वोच्च पुगेका गुप्तालाई न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

सर्वोच्च प्रशासनका अनुसार मंगलबार धरौटी माग गर्ने आदेश भए पनि लिखित आदेश नआएका कारण धरौटी कति माग गरिएको भन्नेबारे बुधबार थाहा हुनेछ।

 

समाचार वर्गहरू