(काठमाडौं) – नेपाल प्रहरीको पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ। ८८ वर्षको उमेरमा उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
लामो समयदेखि सिंह फोक्साको बिरामी भएका थिए ।
सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म गरी झण्डै ४ वर्ष नेपाल प्रहरीको नेतृत्व सम्हालेका थिए । शुक्रबार आज बिहान पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।