पेट्रोलको प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलको ५ रुपैयाँ मुल्य घट्यो

52

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।

आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ४ तथा डिजेल तथा मट्टितेलको ५ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको  १५९ रुपैयाँ तथा डिजेल र मट्टितेलको १४९ रुपैयाँ कायम भएको छ । एलपि ग्याँस लगायत अन्य पेट्रोलियम पदार्थको मुल्य भने यथावत रहेको छ ।

निगमले नयाँ मूल्य राति १२ बजेदेखि लागु हुने जनाएको छ ।

समाचार वर्गहरू