पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँ बढ्यो

11

(काठमाडाैं) – पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँले बढेको छ । नेपाल आयल निगमले आज मध्यरातिबाट लागू हुनेगरी पेट्रोल, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

ईण्डियन आयल कर्पोरेशन आईओसीबाट आइतबार नयाँ खरिद मूल्यमा केही बढेर आएकाले आज मध्यरातिबाट लागू हुने गरी पेट्रोल, मट्टितेल र डिजेलको मूल्य समायोजन गरिएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइत बताए ।

पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि भएको छ । मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिर एक सय ९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय ७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ रहेको थियो ।

आईओसीले हवाई इन्धन तथा एलपी ग्यासको मूल्य समेत बढाएर पठाएपनि हाललाई हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत नै राखिएको निगमले जनाएको छ ।

समाचार वर्गहरू