पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू, घट्यो मुल्य

7

काठमाडौं – पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय भएको छ। सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरू गर्ने निर्णय गरेको हो।

भारतबाट मूल्य घटेर आएसँगै स्वचालित प्रणाली अनुसार आज राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घट्नेछ। एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ घटाइएको छ।

चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोल १६१ रुपैया ५० पैसामा कारोबार हुनेछ।

हाल यहाँ पेट्रल १६७ रुपैयाँ ५० पैसा प्रतिलिटरमा कारोबार भइरहेको छ। यो क्षेत्रमा डिजेल र मट्टीतेल १४३ रुपैयाँ ५० पैसा तोकिएको छ। हाल डिजेल र मट्टीतेल १४७ रुपैयाँ ५० पैसाका कारोबार भइरहेको छ।

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल १६३ रुपैयाँ, डिजेल र मट्टीतेल १४५ रुपैयाँमा कारोबार हुनेछ। हाल यहाँ पेट्रोल १६९ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १४९ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६४ रुपैयाँमा कारोबार हुनेछ। अहिले यो क्षेत्रमा पेट्रोल १७० रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको छ।यी क्षेत्रहरूमा डिजेल र मट्टीतेल प्रतिलिटर १४६ मा कारोबार हुनेछ। हाल यी क्षेत्रमा डिजेल र मट्टीतेल १५० रुपैयाँमा कारोबार भइरहेको छ।

एलपी ग्याँस भने प्रति सिलिण्डर १,८०० रुपैयाँबाट घटेर १,७९० रुपैयाँ हुनेछ। हवाई इन्धनको मूल्य भने सञ्चालक समितिले तोकेअनुसार लागू हुने उल्लेख गरिएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू