पेट्रोल प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँले घट्यो

45

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

घटेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजेल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट इन्धनको मूल्य घटेर आएकाले नेपाल आयल निगमको सञ्चालक समिति बैठकले यो निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

समाचार वर्गहरू