प्रकाशको नागरिकता बनाइदिने, झाँक्री बाको उपचारमा सघाउने मेयर उदासको प्रतिवद्धता

90

काठमाडौं – चर्चित पत्रकार विद्या चापागाइँलको ‘हेर्ने कथा’ले गोरखामा वर्षौँदेखि गोठालो बन्न विवश भोजपुरका प्रकाश तामाङको कथा ल्याएपछि अहिले देशव्यापी चर्चाको विषय बनेको छ ।

भोजपुरको षडानन्द गाउँपालिका १० निवासी प्रकाशको कथा आएसँगै उनलाई सहयोग गर्ने सरकारी निकाय र जनप्रतिनिधिहरू निस्किरहेका छन् ।

यसैक्रममा भोजपुरको षडानन्द गाउँपालिकाका मेयर सुरेन्द्र उदासले प्रकाशका बाबुआमालाई भेटेर सकेजति सहयोग गर्ने बचन दिएका छन् ।

‘प्रकाशका बुवाआमालाई भेट्यौँ । छोराको बियोगमा ३३ वर्ष छटपटिएको परिवारमा खुसीयाली छाएको छ’, उनले भनेका छन्, ‘यो घरमा खुसी भित्र्याउने हेर्ने कथा र विद्या चापागाईंसहितलाई धन्यवाद !’

मेयर उदासले भने ‘प्रकाश तामाङसँग फोन सम्पर्क भयो । उहाँको नागरिकता बनाउने तीव्र इच्छा पूरा हुने विश्वास दिलायौँ ।’

अब प्रकाश गोरखाबाट चार-पाँच दिनमा गोरखाको छेकम्पारबाट नागरिकता बनाउन घर आउने आफूलाई बताएको उनले सुनाए । ‘उहाँको नागरिकता बन्छ । धेरै लामो समय वियोगान्त जीवन ब्यतित गरेर पनि फेरि कामकै सिलसिलामा घर छोड्नुपर्ने प्रकाशको बाध्यतालाई नजिकबाट बुझ्यौँ’, उनले भनेका छन्, ‘उहाँ र उहाँको परिवारको जीविकोपार्जन र बासस्थानको ब्यवस्थापन र बुवा झाँक्री बाको उपचारमा नगरपालिकाले सहयोग गर्ने छ ।’

प्रकाशको नागरिकता बनाउन प्रधानमनत्री केपी ओलीले चासो राखेपछी यो बिषय अघिबढेको हो ।

समाचार वर्गहरू