प्रदेश अस्पताल सुर्खेतको ओपीडी सेवा बन्द

24

सुर्खेत – चिकित्सकमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रदेश अस्पताल सुर्खेतको ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालका ६ जना चिकित्सकको रिपोर्ट कोरोना पोजेटिभ आएपछि एक हप्ताका लागि ओपीडी सेवा बन्द गरिएको हो ।

एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।

अस्पतालका अनुसार संक्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । थप एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

चिकित्सकमा कोरोना देखिएपछि बिहीबार देखि एक साताका लागि ओपिडी सेवा बन्द गरिएको डा. खड्काले बताए । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अवस्था जटिल हुन थालेको निर्देशक डा. खड्काले बताए ।

समाचार वर्गहरू