प्रदेश सांसदको कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

10
फोटो सामाजिक सञ्जाल

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ की सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

विराटनगरको एयरपोर्ट मोडस्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घटनामा विराटनगर–४ स्थित न्यूएभरेष्ट फर्नीचरका मजदुर ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको बताइएको छ भने घटनामा अर्का एकजना घाइते छन् । गम्भीर घाइते उनलाई कोसी अस्पताल लगिए लगत्तै मृत्यु भएको हो ।

घटनामा मोरङ कटहरी गाँउपालिका – २ का २७ वर्षीया राजकुमार राजवंशी  घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर दिने कार सांसद् कार्कीका छोरा रोविन कार्कीले चलाएको तर घटनापछि उनी फरार भएको प्रहरी स्रोतको दाबी छ । गाडीमा कार्कीसँगै अरु दुई युवती पनि रहेको बताइएको छ ।

समाचार वर्गहरू