प्रदेश २ मा विद्युत विस्तारका लागि नर्वेको चार अर्ब अनुदान

14

(काठमाडौं) – प्रदेश २ को विद्युत आपूर्ति सुदृढीकरण र विस्तारमा नर्वे सरकारले चार करोड अमेरिकी डलर अर्थात करीब साढे चार अर्ब रुपैयाँ अनुदान दिने भएको छ ।

अनुदान सम्झौतामा अर्थ मन्त्रालय सचिव राजन खनाल र नेपालस्थित नर्वेली राजदूत लास्से जोर्न जोहानेसेंले सोमबार हस्ताक्षर गरेका हुन् ।

नर्वे सरकारले उपलब्ध गराउने अनुदान रकम प्रदेश २का जिल्लामा विद्युतीकरण र विद्युत आपूर्तिलाई विश्वसनीय, गुणस्तरीय तथा भरपर्दो बनाउन खर्च गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रम अन्तर्गत नर्वेले उपलब्ध गराउने १० करोड डलरमध्ये प्रदेश दुईमा विद्युत आपूर्ति सुधारका लागि चार करोड डलर खर्च हुनेछ ।

उनले भने, अनुदान रकम प्रदेश २ को विद्यत् आपूर्ति सुधार तथा विस्तारका लागि ९ वटा नयाँ सबस्टेसन निर्माण, प्राविधिक चुहावट नियन्त्रण, विद्युतीय सुरक्षा, विद्युतीकरण लगायतमा खर्च हुने छ ।’

काम गर्न ठेकेदार छनौटका लागि तत्काल टेण्डर गरी काम सुरु गर्ने गर्ने जानकारी दिंदै उनले २/३ वर्षभित्रमा काम सक्ने बताए ।

समाचार वर्गहरू