प्रधानन्यायाधीश राणाले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ बैठक

14

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक बोलाएका छन्। शुक्रबारका लागि प्रधानन्यायाधीश राणाले ‘फुल कोर्ट’को बैठक शुक्रबारका लागि बोलाएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।

यसअघि जेठ १३ गते सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक बसेको थियो। जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोनाभाइरस कोभिड–१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसी/तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि रोक्ने निर्णय गरेको थियो।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि इजलासमा बस्ने न्यायाधीशहरूको विषयमा विवाद भएपछि मंगलबार सर्वोच्च बारका पदाधिकारीहरुसँगको छलफलमा प्रधानन्यायाधीश राणाले नियमावली संशोधन गर्ने विषयमा छलफल गरेका थिए।

शुक्रबारको ‘फुल कोर्ट’ बैठकमा पनि उक्त विषयमा छलफल हुने बताइएको छ।

समाचार वर्गहरू